केहि समय पहिले रिलिज गरिएको ‘हेट स्टोरी ४’ को ‘आशिक बनाया’ बोलको गीत र फिल्मको ट्रेलरलाई दर्शकहरुले मन पराएका थिय। यतिबेला सोहि फिल्मको अर्को रोमान्टिक गीत रिलिज गरिएको छ। ‘बुंद बुंद’ बोलको गीतको भिडियोमा उर्वशी राउटेला र विवान भटेनाको गरमा गरम रोमान्स हेर्न सकिन्छ।

यदि तपाईहरुले फिल्म को ट्रेलर हेरिसक्नु भयो भने पक्कै अनुमान लगाउनु भयो होला – फिल्मको कथा वस्तुको बारेमा। हो, पक्कै पनि यो फिल्म लव, सेक्स र धोका कै कथा वस्तुमा तयार भएको अनुमान हाम्रो पनि छ। यो फिल्ममा रण वाही, इहाना ढिल्लो र गुलशन ग्रोवर को पनि अभिनय छ।