बलिउड अभिनेता सलमान खान दोश्रो पटक नेपाल आउँदैछन् । उनी, काठमाण्डौको टुडिखेलमा आयोजना हुन लागेको ‘दबंग टुर’मा सहभागी हुन मार्च १० मा नेपाल आउन लागेका हुन् । यो कन्सर्टको आयोजना ओडीसी गु्रपले गर्दैछ ।

कन्सर्टमा नृत्य गर्नका लागि नेपाली अभिनेत्रीहरुलाई पनि अफर गरिएको थियो । तर, नेपाली अभिनेत्रीहरुले यो कन्सर्टमा नाच्न अस्विकार गरिदिएका छन् । सलमानसँग हिन्दी गीतमा कोरसको रुपमा नाच्न भनेपछि उनीहरुले अस्विकार गरेका हुन् । अभिनेत्री स्वस्तिमा खड्काले सलमानले नेपाली गीतमा नाच्ने हो भने आफूहरु नाच्न तयार भएको तर हिन्दी गीतमा कोरसको रुपमा ननाच्ने बताइन् ।

अभिनेत्री प्रियंका कार्की, मोडल एलिसा राइलाई पनि सलमानसँग कोरस भएर नाच्न आग्रह गरिएको थियो । तर, उनीहरुले यसलाई ठाडै अस्विकार गरेका छन् ।