यो बर्षकै प्रतिक्षित फिल्म ‘कृ’ हलमा रिलिज भएको छ । यो फिल्म आजबाट देशभरका ११० पर्दामा रिलिज भएको छ । काठमाण्डौका मल्टिप्लेक्सदेखि सिंगल थिएटरमा हलमा फिल्मले आक्रामक सुरुवात गरेको छ । अभिनेता अनमोल केसीको फ्यान क्रेजका कारण पनि यो फिल्मले हाइप पाएको छ ।

अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ । द्धन्द्ध र प्रेमको संयोजनमा अनमोल केसीलाई दर्शकले फिल्ममा नयाँ रुपमा पाउनेछन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । फिल्मले देशभरै आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।