मानव तस्करीकाे अाराेपमा द्धन्द निर्देशक राजेन्द्र खड्गी प्रक्राउ

  • माघ २६, २०७४
  • ब्लाष्ट खबर

नेपाली चलचित्र क्षेत्रका द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले प्रक्राउ गरेको छ । मानवतस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बिहिबार पक्राउ गरेको हो । उनले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया लगेर उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मानव तस्करीको अरोपमा राजेन्द्र विरुद्ध उजनुरी परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमती दिएको प्रहरीले बताएको छ ।