पानवारी । अविवाहित युवतीहरुकाबीच हुने सौन्दर्य प्रतियोगिता धरानमा भने विवाहित महिलाहरुले मात्र प्रतिश्पर्धा गर्नेगरी मिसेस प्रदेश एक सौर्दय प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न भएको छ । वुमन वर्थ ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अडिसन मार्फत ३४ जना प्रतिश्पर्धि महिलाहरु छनौट भएका हुन् । धरान स्थित हाङकुक साराङ्ग रेष्टुरेन्टको हलमा सम्पन्न छनौट कार्यक्रममा प्रदेश १ भरिका ४४ जना महिलाहरुले अडिसन दिएका थिए । उनीहरुलाई डिजे तथा कोरियोग्राफ ललित राई, पुर्व मिस कोशि कृति श्रेष्ठ, लायन्स क्लव अफ धरान, विजयपुरका अध्यक्ष रेखा गुरुङ्ग र नृत्य प्रशिक्षक माया सुनुवारले अडिसन लिएका थिए । प्रतियोगिताका लागि २१ वर्ष देखि ४५ वर्ष सम्मका महिलाहरु छनौट भएको गु्रपका अध्यक्ष मिरा धमलाले जानकारी दिएकीछन् । प्रतियोगिताका लागि धरान, इटहरी, झापा, धनकुटा, मोरङ्ग, खोटाङ्ग र पाँचथरबाट धरानमा आएर अडिसन दिएका थिए । उपाधि विजेताले नगद एक लाख रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर, त्यस्तै फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्ने गु्रपका अर्थिक विभाग प्रमुख रोजि ताम्रकारले जनाइन् । त्यस्तै गरि मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल विजेताले पनि ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । छनौट भएका प्रतियोगिहरुलाई फागुन १ गते उनिहरुको अविभावक सहित धरान फिटनेस क्लवको हलमा अन्तरक्रिया कार्यक्रम हुनेछ भने फागुन २ गते वाट सहभागिलाई तिन हप्तासम्मे क्षमता प्रदर्शन तथा अभिभृद्धि गर्न प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

फाेटाेः विकास चाम्लिङ रार्इ