फेस्टिभल रिलिजको फर्मूला बलिउडमा निकै हिट छ र यही कारण कुनै स्पेशल दिनमा ठूला भनिएका बलिउड सुपरस्टारका फिल्म रिलिज हुने गर्दछन् । वर्ष २०१७ को ईद र क्रिसमस सलमान खानको नाममा रहेको थियो । ईदमा उनको फिल्म 'ट्यूबलाइट' रिलिज भएको थियो भने क्रिसमसमा 'टाइगर जिन्दा हे' ।

सलमानको 'टाइगर जिन्दा हे' ले धमाकेदार विजनेश गरेको छ र अब उनले अर्को वर्ष अर्थात्, २०१९ को ईद र क्रिसमस पनि आफ्नो नाममा गरेका छन् ।

सलमानको नयाँ फिल्म 'भारत' अर्को वर्ष २०१९ को ईदमा रिलिज हुँदैछ । यस्तै, वर्ष २०१४ मा आएको उनको हिट फिल्म 'किक' को सिक्वेलको पनि निर्माण घोषणा गरिएको छ । 'किक २' अब अर्को वर्षको क्रिसमसमा रिलिज हुने कन्फर्म भएको छ ।

'किक' मा सलमान खानसँग ज्याकलीन फर्नान्डिज र रणदीप हुड्डा प्रमुख भूमिकामा थिए । 'किक' निर्देशक सादिज नाडियावालाको २ सय करोड कमाउने यो पहिलो फिल्म बनेको थियो । 'किक २' को निर्देशन पनि साजिद आफैंले गर्नेछन् ।

यो फिल्ममा सलमानको अपोजिटमा कुन हिरोइन हुनेछिन् त्यसको खुलासा भने भएको छैन । अहिले सलमान आफ्नो नयाँ फिल्म 'रेस ३' को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनी फेरि एकपटक ज्याकलीनसँग देखिँदैछन् । बबी देओल, साकिब सलीम र डेजी शाह पनि फिल्ममा लिड रोलमा छन् ।