बलिउड एक्टर ऋतिक रोशनले वर्ष २०१४ मा पत्नी सुजेन खानलाई डिभोर्स दिए । सुजेनलाई डिभोर्स दिएपछि ऋतिकको जीवनमा निकै ठूलो उतार-चढाव आयो । बैबाहिक सम्बन्धलाई औपचारिक रुपमा टंग्याएपनि आफ्ना दुई बच्चाका लागि भने ऋतिक र सुजेनले सधै समय निकाल्दै आइरहेका छन् । अब खबर यो छ कि ऋतिक चाँडै विवाह गर्दैछन् । तर, ऋतिककी दुलहीको नाम सुनेपछि तपाईहरु एकपटक आश्चर्यमा पर्नुहुन्छ । खबरअनुसार, ऋतिक अरुसँग होइन, पूर्वपत्नी सुजेन खानसँग नै फेरि विवाह गर्दैछन् । पछिल्लो केही दिन यता यी दुई बीचको बोन्डिङले सबैलाई हैरान बनाएको छ । डिभोर्स भएपनि ऋतिक र सुजेन सँगै विदेशमा छुट्टी मनाइरहेका हुन्छन् । केही दिन अगाडि ऋतिकको बर्थडेमा सुजेनले ट्विटरमा लेखेकी थिइन्, 'सधै तिमी मेरो जीवनमा विहानीको किरण झैँ रहने छौ । ह्याप्पी बर्थडे। सधै हाँसी रहनु र सधै उज्यालो दिइरहनु ।' सुजेन र ऋतिक आफ्नो बच्चासँग केही समय अगाडि छुट्टी मनाउन फ्रान्स गएका थिए । ऋतिकले आफ्नो पहिलोे फिल्म 'कहो न प्यार हे'पछि सुजेनसँग सन् २००० मा विवाह गरेका थिए । आपसी मतभेदका कारण यी दुईले करीब १४ वर्ष लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरे । भारतीय मिडियाका अनुसार, २०१८ भित्रै यी दुई फेरि बैबाहिक जीवनमा बाँधिनेछन् ।