बलिउडका चर्चित नायक सलमान खान दोस्रो पटक नेपाल आउँदैछन् । दंबग टुर लिएर फागुन २६ गते नेपाल आउँन लागेका सलमानले आफनो अफिसियल फेसबुक अकाउण्टमाफर्त नेपालीहरुलाई सन्देश दिएका छन् । नेपाल कन्सर्टका लागि उत्साहित सलमानले फेसबुकमा लेखेका छन् ः नेपाल अब आपकी बारी स्वैग से स्वागत नही करोगे हमारा ??? (नेपाल अब तपाईको पालो हामीलाई स्वैग (सम्मान) संग स्वागत गर्ने होईन ?

सलमान नेपाल आउँने खबरले उनका प्रशंसकहरुमा कम उत्साह छैन । उनको यस सन्देशमा नेपाली फ्यानहरुले पनि मायाले भरिएका कमेण्टहरु दिएका छन् । सलमानलाई ‘लभ यू सल्लु’, ‘यू आर अलवेज कम ईन नेपाल सल्लु भाई’, ‘वेलकम काठमाडौं, नेपाल’, ‘आपको स्वाग से स्वागत’, ‘वाउ वेलकम’, ‘वेलकम टू माई नेपाल माई हार्ट वी लभ यू’ जस्ता कमेन्ट जस्ता कमेण्टहरु नेपाली फ्यानहरुले दिएका छन् ।

ओडिसी इन्टरटेनमेन्टले उक्त कार्यक्रममा सलमानसंगै चर्चित हस्तीहरु प्रभु देवा , ज्याकलिन फर्नाडिज ,जरिन खान ,डेजी शाह लगायतकाले आफनो प्रस्तुती दिनेभएका छन् ।यी चर्चित हस्तीहरु नेपाल ल्याउँनको लागि ओडिसी इन्टरटेनमेन्टले १२ करोड रुपैयाँको बजेट छुट्याएको छ। सलमानको यो कन्सर्ट अहिलेसम्मकै ठुलो कन्सर्ट हुने आयोजकको दाबी रहेको छ । कन्सर्टमा २५ हजार दर्शकको सहभागीता रहने दाबी गरिएको छ ।