अभिनेता ऋतिक रोशन फिल्म ‘सुपर ३०’का लागि काम गरिरहेका छन् । यो फिल्मको फस्टलुक सार्वजनिक भएको छ । जसमा ऋतिकको तस्बिर देखेर जोकोहीलाई पनि हैरान बनाइदिन सक्छ । यसको मेकरले नै यो तस्बिर रिलिज गरेको हो ।

गणितका शिक्षक आनन्द कुमारको जीवनीमा यो फिल्म बन्दैछ । पटनाका आनन्द जस्तै देखिन ऋतिकले मिहिनेत गरेका छन् । यो फिल्मको छायांकन बनारशीबाट सुरु भएको छ । विकास बहाल यो फिल्मका निर्देशक हुन् ।