अभिनेत्री प्रियंका कार्कीका फिल्म महिनामा एउटा त रिलिज हुन्छन् नै । बर्षमा यदि कुनै अभिनेत्रीको सबैभन्दा धेरै फिल्म रिलिज हुन्छ भने त्यो कार्कीको नै हो । तर, पनि उनको हातमा फिल्मको अभाव छैन । कारण, उनी जतापनि ठिक्क छिन् । फिल्म ‘सुश्री सम्पत्ती’को काठमाण्डौमा घोषणा भयो । यो फिल्ममा प्रियंका विशेष भूमिकामा छिन् । फिल्मकी मुख्य अभिनेत्री सारा हुन् । तर, पनि प्रियंका यो फिल्ममा विशेष भूमिका गर्न तयार छिन् । त्यसअगाडि मात्र उनले अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाले काम गर्न लागेको एउटा फिल्म साइन गरिन् ।