विराटनगर/ नेपाली लेखक संघ मोरङको आयोजनामा विराटनगरमा दुई दिने ‘विराट लेखक सम्मेलन २०७४’ हुने भएको छ । संघले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते स्थानिय मारवडी सेवा सदनमा हुने जानकारी दिएको हो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरीका करिब २५० भन्दा बढी साहित्यकारहरुको सहभागि रहेको लेखक संघका सचिब मिनकुमार नवदीतले जानकारी दिए । उक्त सम्मेलनमा ‘आफ्नो प्रदेशको भाष साहित्यको विद्यमान अवस्था र त्यसको विकासको लागि चालिनुपर्ने कदम’ विषयमा ७ वटै प्रदेशबाट १–१ जना विद्धानले कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘मुलक संघियाको कार्यन्वयनमा चरणमा प्रवेश गरेको छ,’ लेखक संघका अध्यक्ष गोकुल अधिकारीले भने, ‘भाष साहित्यको विकासको लागि नीति व्यवस्थाकोबारेमा घनिबुद रुपमा छलफल हुन्छ । यसै सम्मेलनबाट महत्पूर्ण निश्कर्ष र निकास निकाल्नेछौं ।’

विज्ञहरुबाट हरेक प्रदेशबाट भाषा र साहित्यको अवस्थाबारेमा अवधारणा पत्र प्रस्तुत गर्ने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सम्मेलनको पहिलो दिन भाषा साहित्यको प्रादेशिक अवस्था बोरमा छलफल र तीन वटा अवधारणापत्रको प्रस्तुती हुन्छ भने अन्तिम दिन नेपाली कविता सम्बन्धी अवधारणपत्रको प्रस्तुुति तथा कविगोष्ठी रहनेछ ।