सिने नगरीमा दिपाश्री निरौला र दिपक राज गिरीको सम्बन्धको बारे धेरै चर्चा हुने गर्दछ। दर्शकहरु पनि यी जोडीको बिषयमा जान्न निक्कै उत्सुक छन्। कारण यिनले अभिनय गरेका टेलिचलचित्र, चलचित्र र अन्य श्रब्य दृश्य सामग्रीहरु हुन्।

प्राय कुनै सार्बजनीक कार्यक्रमहरुमा नछुटिने तर अहिलेसम्म बिहे नभएको बताउने यी जोडी मध्यका एक दिपक राज गिरीले आफ्नो फेसबुक मार्फत दिपाश्रीसंगको आफ्नो छोराको तस्बिर सार्बजनिक गरेका छन्। सार्बजनिक तस्बिरको साथ् उनले लेखेका छन् “दुइ जनाको बिहे भाको फोटो राख्दा बिहे नै भयो रे भनेर हल्ला भो…. अब यो फोटो देखे पछि आब्बुइ बच्चै यत्रो भएछ भन्न बेर छैन त्यसमाथि बच्चोको थुतुनो हामी संगै मिल्दो पनि रहेछ।” तर उक्त तस्बिर उनीहरुको रियल छोरा नभई रिल छोरा रहेका छन्।

नेपालको मनि ट्रान्सफर कम्पनि आइ एम ई को प्रचारको लागि उक्त तस्बिर खिचिएको दिपककै फेसबुक स्टाटसमा खुलाइएको छ।