पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा लोक शैलीका गीतहरुले स्कोप लिईरहेको छ । ट्रिपिकल लोकशैलीका ती गीतहरुले दर्शक तथा श्रोताहरुको मन पनि जितिरहेको छ । यसैबीच फागुन ४ गतेबाट रिलिज हुन लागि रहेको स्वेता खड्काको चलचित्र ‘कान्छी’ को गीत ‘चरी चट्ट परि’ ले युट्युवमा छोटो समयमा करोड भ्युअर पाउँन सफल भएको छ ।

बालबालिकादेखि युवाहरुमाझ पनि लोकप्रिय बनेको उक्त गीतमा पछिल्लो समय लोकशैलीमार्फत चर्चा कमाईरहेका राजनराज सिवाकोटी शब्द ,संगीत र स्वर रहेको गीत अन्जु पन्तले समेत स्वरमा साथ दिएकी छिन् । करोड भ्युअर पाउँने राजनराजको यो चौथों गीत बन्न सफल भएको छ । मात्र तीन महिनामा नै उक्त गीतले १ करोड भ्युअर पाउँनुले नै बुझन सकिन्छ यो गीत कति चर्चित छ अनि ‘कान्छी’ को लागि दर्शकहरु कति प्रतिक्षारत छन् भनेर ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा श्वेता खड्क, दयाहाङ राई, प्रज्वल सुजल गिरी र भूमिका श्रेष्ठमाथि पिम्चरराईज्ड गरिएको छ । आकास अधिकारीले निर्देशन गरेको यस चलचित्रमा स्वेतासंगै दयाहाङ राई , भुमिका श्रेष्ठ , अनु शाह ,कामेश्वर चौरासीया , बिनोद न्यौपाने,सुजल गिरी लगायतको मुख्य अभिनय रहेको छ ।

काया फिल्मस्को व्यानरमा निर्मित यस चलचित्रमा यम थापाको लेखन, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठको कोरियोग्राफी छ । ‘कोहिनु’र ब्लकबस्टर भएको कारणले पनि स्वेता र निर्देशक आकास एकअर्काको लागि उत्तिकै लक्की होलान नहोलान त्यो भने प्रतिक्षाको बिषय हुनेछ ।