निर्माता छविराज ओझाले फागूण २५ गते रिलिज हुने फिल्म ‘मंगलम’को रिलिजछि यसकी अभिनेत्री तथा प्रस्तुतकर्ता शिल्पा पोखरेलसँग बिहे गर्ने बताएका छन् । फिल्म प्रचारका लागि नेपालगञ्ज पुगेका छविले शिल्पासँग फिल्ममा सफलता पाएपछि विवाह गर्ने बताएका हुन् । हुनत, छवि र शिल्पाको बिहे फिल्म चलाउने हतियार बन्ने गरेको छ । अहिले फिल्म रिलिजको काममा व्यस्त भएको भन्दै उनले फिल्म रिलिज लगतै बिहे गर्ने बताए ।  शिल्पाले पनि छविसँग आउँदो बैशाखसम्म बिहे गर्ने कुरामा सहमति जनाएकी छिन् । छविका अनुसार उनले शिल्पाको परिवारसँग कुरा पनि गरिसकेका छन् । छविले शिल्पाको घरमा गएर खाना पनि खाइसकेको बताएका छन् । निर्देशक नवल नेपालले फिल्मले नयाँ कथा उठाएको बताए । फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्विराज प्रसाइको मुख्य भूमिका छ ।