विराटनगर । एम्स कलेजको आयोजनमा विराटनगरको आरोहण गुरुकुलमा मंगलबार मिस्टर एण्ड मिस फ्रेसर सम्पन्न भयो । उक्त प्रतियोगितामा ९ जनालाई पछि पार्दै विजया नेपाल मिस र ९ जनालाई उछिन्दै मन्दिप सिवाकोटी मिस्टर फ्रेसर घोषित भए । उनीहरुले उपाधिसँगै नगद ३०÷३० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा १० जना पुरुष र १० जना महिलाले उपाधिको लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

बी.बी.यस. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई नौलो तरिकाले स्वागत गर्न वीगत तीन वर्षदेखि यस्तो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख चिन्तामणी बस्नेतले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा कोरियाग्राफर अमलेश कर्ण, जुनियर जेसीसजको पूर्व अध्यक्ष अविनास थापा, ब्यूटिसयीन रम्तीम जोशी र रीता तिम्सिना रहेकी थिइन् । प्रतियोगिताको कोरियाग्राफर अमर मगर, लिहाङ्ग चोङवाहाङ र राम संगम राउतले गरेका थिए ।

विजयी हुने प्रतियोगिहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका उप परीक्षण नियन्त्रक अर्जुन विक्रम खड्का, नुप्का मोरङका अध्यक्ष तिर्थ राज घिमिरे, कलेजका अध्यक्ष तुलसी पोखरेल र कलेज प्रमुख चिन्तामणी बस्नेतलले पुरस्कार वितरण गरेका थिए ।