काठमाडौं/ बलिउड स्टार किड्स निकै चर्चामा हुनेगर्छन् । स्टारका अधिकांश छोराछोरी यस्ता छन्, जो आफ्नो करिययर फिल्ममा बनाउन चाहान्छन् । यस्तै एक स्टार किड्स हुन् सोनाक्षी सिन्हा ।

अभिनेताबाट नेता बनेका शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षीको आफ्नो छुट्टै पहिचान छ । उनी शत्रुघ्नकी छोरी भन्दा बढी आफ्नै नामबाट चिनिन्छिन् । सफलताको मामलामा अब सोनाक्षी पति भन्दा कम छैनन् । उनका जबरजस्छ फ्यान फलोइङ छ । यती मात्रै होइन पिता शत्रुघ्न छोरीसँग ऋण समेत लिन्छन् । यो थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो ।

१३१ करोडका मालिक

शत्रुघ्न १३१ करोडका मालिक हुन् । उनी भारतीय जनता पार्टीका सांसद समेत हुन् । २०१४ को लोकसभा चुनावमा उनले सार्वजनिक गरेको सम्पती विवरण अनुसार उनीसँग १३१ करोड सम्पती छ । उनीसँग मुम्बई देखि पुणे, दिल्ली, गुरुग्राम र पटनासम्म ९ फ्लाट र बंगला छन् । मुम्बईको जुहुमा बनेको बंगला ‘रामयण’ ५७ करोडको हो । जसलाई उनले १९७२ मा खरिद गरेका थिए । त्यो बेला यसको मूल्य १० करोड रूपैंया थियो । उनी पत्नी पुनम र छोरी सोनाक्षीसँग बस्छन् ।

यसका साथै पटना स्थित लव–कुश टावरमा खरिद गरिएको फ्लाट अफिसियल कामका लागि प्रयोग गर्छन् । पुणेमा ५ करोडको वेयर हाउस छ । उनले १९८९ मा मुम्बईको मड आईल्याण्डमा प्रोपटी खरिद गरेका थिए । जसको मुल्य ६० लाख रूपैंया हो । उनीसँग केही लग्जरी कार समेत छन् ।

छोरीसँग लिएर १० करोड ऋण

उनले जम्मा १७ करोड ऋण लिएका छन् । उनले एसबीआईसँग १.१५ करोड र एलआईसीबाट ९४ लाख ऋण लिएका छन् । यसका साथै छोरी सोनाक्षीसँग १० करोड, छोरा कुशसँग ५६.७५ लाख र अन्य दुई जनासँग ४ लाख ऋण लिएका छन् । उनकी पत्नी पुनमले छोरा कुशसँग ६६ लाख, लव सिन्हासँग ५६.२५ लाख, पतिसँग २ करोड र सोनाक्षीसँग ३.२२ लाख ऋण लिएकी छन् । एजेन्सी