ईरानी निर्देशक माजिद मजीदीको भारतीय पृष्ठभूमिमाथि आधारित फिल्म 'बियोन्ड द क्लाउड्स' को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेता शाहिद कपूरका कान्छा भाई ईशान खट्टर र अभिनेत्री मालविका मोहननको मुख्य भूमिका छ । भाई र बहिनीको सम्बन्धमा फिल्म आधारित छ ।
भाईलाई ठूलो मान्छे बन्नु छ र यसका लागि उनले ड्रग्सको धन्दा सुरु गर्न थाल्छन् । स्टोरीमा तब मोड आउँछ जब भाईको गलत कामका कारण उनकी बहिनीलाई प्रहरीले गिरफ्तार गर्दछ । फिल्ममा क्राइम र इमोसनको निकै राम्रो कम्मिनेसन छ । ए.आर रहमानको संगीत रहेको यो फिल्म २० जुलाईमा प्रदर्शन हुँदैछ ।
'बियोन्ड द क्लाउड्स' बाट बलिउडमा डेब्यु गर्न लागेका ईशानलाई यो फिल्ममा आमिर नाम दिइएको छ । ट्रेलरमा ईशानको लुक निकै 'रफ एन्ड टफ' छ । ट्रेलरमा ईशान भन्छन्, 'तू क्या समझेगा प्यार क्या चीज होती है ।'  
'बियोन्ड द क्लाउड्स' पछि ईशान श्रीदेवीको छोरी जाह्नवी कपूरसँग फिल्म 'धडक' मा देखिँदैछन् । जाह्नवी यो फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । करण जोहर द्वारा निर्मित यो फिल्म मराठी फिल्म 'सैराट' को हिन्दी रिमेक हो ।
[embed]https://youtu.be/J-IzGBU344M[/embed]