ज्योती मगर भनेसि नचिन्ने र नाम नसुकेको भन्ने सायद नहोला तर चिनाई या भनौ पहिचान भने फरक हुन सक्छ । राम्रो कामले चिनिन धेरै गाह्रो छ । तर,नकरात्मक दृष्टिकोण बाट छोटो समयमा नै भारल बन्न सकिदोरहेछ भन्ने उदाहरण देशमा धेरै कलाकारहरुले देखाईसकेका छन् ।

सेक्स भिडियोलाई त सामान्य मान्न थालिसके नेपाली कलाकारहरु भने अब त्यस भन्दा माथि अरु के हुन सक्ला र ।ज्योती मगरलाई पनि अधिकास नेपालीले उत्ताउली केटीका रुपमा चिन्ने गरेका छन् । उनी गीत गाउछिन् त्यस हिसाबले गायिका हुन् तर कलाकार माथि आम जनताको नजर पर्ने हुनाले कलाकारले गर्ने र बोल्ने हरेक काम र शब्दले उसको पहिचान झल्काउछ र समाजमा असर समेत तुरुन्तै पर्ने गर्छ ।

गायिका ज्योती मगरलाई गीतले भन्दा पनि शरिर देखाएर गर्ने चर्तिकलाले चिन्ने गरेको अधिकांसको बुझाई छ । सम्भवत: उनी जति विवादित लोक गायिका अरु कोही छैन् । लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरेको छ । त्यस्तै ‘गाएर’ भन्दा पनि ‘देखाएर’ चर्चामा आउने गरेको टिप्पणी पनि उनीमाथि हुने गरेको छ ।