बलिउडको इतिहासमै सबै भन्दा धेरै विवादित भनेको ‘पद्मावत’ फिल्मले प्रदर्शनको एक हप्ता पनि नपुग्दै १ सय १५ करोडको व्यापार गरेको छ । फिल्मको जति चर्को विवाद भएको थियो त्यति नै धेरै संख्यामा दर्शक फिल्म हेर्नका लागि हलमा गइरहेका छन् । जसका कारण ‘पद्मावत’ले प्रदर्शन भएको हप्ता दिन पनि नपुग्दै लगभग १ सय १५ करोड को व्यापार गरेर एक सय करोडको क्लबमा आफ्नो स्थान बनाएको छ ।

फिल्म रिलिजको पहिलो दिन अर्थात शुक्रबार मात्रै संजय लीला भंसालीको फिल्म ‘पद्यावत’ले ३२ करोडको कमाई गरेको थियो । यस्तै शनिबार २७ करोड र आइतबार ३० करोड भन्दा बढी कमाएको छ । यसका अलावा फिल्म ‘पद्यावत’को पेड प्रिभ्यूमा ५ करोड, बिहीबार १९ करोड को कमाई गरिसकेको थियो ।

‘पद्मावत’ले भारतमा मात्रै नभएर वल्र्डवाइडमै फिल्मका यूनिटले सोचे भन्दा दुई गुणाले ज्यादा कमाइ गरिरहेको छ । उत्तर अमेरिकामा पदर्शनको पहिलो दिनमै २२।१८ करोड कमाएर फिल्म ‘पद्मावत’ले आमिर खानको फिल्म पिके, दंगल र धुम ३, सलमान खानको बजरंगि भाइजान, शाहरुख खानको दिलवाले फिल्मको रेकर्ड समेत तोडेको छ ।

यसअघि चर्को विवादको तनावमा परेका फिल्मका निर्देशक संजय लीला भंसाली लगायत नायिका दीपिका पादुकोण, शाहिद कपूर र रणविर सिंह फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकाले निकै उत्साहित भएका छन् ।

फिल्म भित्रकी रानी पद्मावती अर्थात दिपिका पादुकोणले फिल्म सफल भएसँगै सक्सेस पार्टी राखेर खुशियाली मनाई सकेकी छन् । जहाँ उनले संचारकर्मी तथा पत्रकारहरुलाई समेत बोलाएकी थिइन ।