एजेन्सी । हिंसात्मक विरोधका बीच प्रदर्शनमा आएको बलिउडको बहुप्रतिक्षीत फिल्म ‘पद्मावत’ ले पहिलो दिनबाटै विभिन्न पुराना रेकर्डहरु तोड्न सुरु गरेको थियो ।

बजार विज्ञ रमेश बालाले शेयर गरेको फिल्मको तेस्रो दिनको अनुमानित आंकडालाई आधार मान्दा फिल्मले तीन दिन र ‘पेड प्रिभ्यू’ का माध्यमबाट ८३  करोड रुपैयाँ आम्दानी गरिसकेको छ । यससका साथै दीपिका पादुकोणले आफ्नै फिल्म ‘बाजीराव–मस्तानी’ को दई वर्ष पुरानो रेकर्ड ध्वस्त गरिदिएकी छिन् ।

सन् २०१५ मा प्रदर्शनमा आएको रणवीर सिँह र दीपिका पादुकोणको ‘बाजीराव– मस्तानी’ लेन प्रदर्शनको पहिलो चार दिनमा ५६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

रणवीर सिँह र दीपिका पादुकोणको ‘बाजीराव–मस्तानी’ प्रदर्शनमा आउँदा उसलाई केपल २७ सय हलहरु मिलेका थिए । सोही समयमा शाहरुख खानको ‘दिलवाले’ पनि ‘बाजीराव–मस्तानी’ सँग जुधाईएको थियो । जसका कारण दुबै फिल्महरुले हलहरु बाँडफाँड गर्नु परेको थियो ।

तर ‘पद्मावत’ प्रदर्शनमा आउँदा अन्य कुनै पनि फिल्महरु जुधेका छनन् । जसका कारण यो फिल्मलाई ३५ सय हलहरु मिलेका छन् । दुबै फिल्महरुले पाएको फिल्महलहरुको संख्या हेर्दा ‘पद्मावत’ लाई बढी हलहरु मिलेका छन् ।

यद्यपी फिल्म ‘पद्मावत’ कयौं राज्यहरुका विभिन्न शहरहरुमा प्रदर्शन हुन सकेको छैन् । जसका कारण निर्माण पक्षले ठूलो क्षति ब्यहोर्नु परेको छ ।