के तपाइका पहिरन पनि अब खुल्न थालेका हुन् भन्ने प्रश्नमा अभिनेत्री बर्षा सिवाकोटी मुसुक्क हाँसिन् मात्र । बर्षाका पहिरन हिजोआज खुल्न थालेका छन् । पहिले साधारण पहिरनमा हिड्ने बर्षालाई उनले अभिन गर्न लागेको नयाँ फिल्म ‘रानीमहल’मा मिडियाले हट पहिरनमा देखे । ब्याकलेस पूर्ण रुपमा खुलेको बर्षाको पहिरन मिडियाको लागि खुराक बन्यो ।

बर्षाले पनि विभिन्न तरिकाले तस्बिर मात्र खिचाइनन्, समयको माग अनुसार आफ्नो पहिरनमा पनि परिवर्तन आएको बताइन् । व्यस्त बन्दै गएकी बर्षा ‘रानीमहल’ एउटा उत्कृष्ट प्रेमकथामा बन्न लागेको फिल्म भएको बताउँछिन् । बर्षाले अझै पनि आफूलाई खुलेका पहिरन लगाउन सकस हुने समेत बताएकी छिन् ।