बलिउडको एकदमै बोल्ड फिल्म सिरिज ‘हेट स्टोरी’को चौथो संस्करण ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर यो भन्दा अघिको सिरिज झैँ एकदमै बोल्ड दृश्यहरुले भरिएको छ ।

बिशाल पाण्डेको निर्देशनमा बनेको फिल्मलाई भुषण कुमार र कृष्ण कुमारले निर्माण गर्दैछन् । फिल्ममा उर्वसीको साथमा करण वाही, गुल्सन ग्रोवर, विवान भटेना र इहाना ढिल्लनको मुख्य भूमिका छ । फिल्ममा दुई दाजुभाईले एउटै केटीलाई मन पराए पछिको कथा देखाईएको छ ।

[embed]https://youtu.be/0B7athiVJBA[/embed]