फिटनेशको सवालमा अहिले अभिनेता र अभिनेत्रीहरु सजग छन् । शरीर आकर्षक बनाउन सकिएन भने लामो समय फिल्म क्षेत्रमा टिकिदैन भन्ने उनीहरुले वुझेका छन् । सायद, यहि भएर होला फरक फरक भूमिकामा देखिन चाहने कलाकारहरु आफूलाई फिट राख्न हरदम प्रयासरत छन् । अभिनेत्री शिल्पा पोख्रेल पनि सिक्स प्याक्स बनाउने उद्देश्यका साथ जिम धाइरहेकी छिन् । दैनिक १ घन्टा उनको अहिले जीममा समय वित्छ । शिल्पाका अनुसार उनले छविराज प्रोडक्शनकै ब्यानरमा बन्न लागेको नयाँ फिल्मका लागि यो मिहिनेत गरेकी हुन् । उनले आफूले करिब ५ केजी तौल घटाउन बाँकी रहेको बताएकी छिन् । शिल्पाले सिक्स प्याक्स कहिले निस्कन्छ भन्ने अहिले नै भन्न नसकिने बताएकी छिन् । तर, उनको नयाँ फिल्ममा हिरोको सरह द्धन्द्धात्मक भूमिकामा देखिन लागेको कुरा उनको भनाइले पनि प्रष्ट पार्छ । शिल्पाको मुख्य भूमिका रहेको फिल्म ‘मंगलम’ फागूण २५ गतेबाट रिलिज हुँदैछ ।