लामो विवाद र विरोधपछि नाम परिवर्तन गर्दै संजयलिला भन्साली निर्देशित फिल्म ‘पद्मावत’ प्रदर्शनमा आयो। भारतका केहि राज्यमा सो फिल्ममा राजपुत महारानी ‘पद्मावती’लाई गलत तरिकाले देखाएको भन्दै राजपुत समाजको एक समूह करनी सेनाले प्रतिबन्धको माग राख्दै फिल्म चलाउने हल जलाउने समेत धम्की दिएपछि प्रदर्शित भएको छैन्। फिल्मलाई लिएर अझै विरोध जारी छ। विरोध थामिएको छैन्।

यसै सिलसिलामा उत्तरप्रदेशको मथुरा जिल्लामा रहेको ब्रजमण्डल क्षेत्रिय राजपुत महासभाका पदाधिकारीहरूले फिल्मका निर्देशक संजय लिला भन्सालीको टाउको ल्याउनेलाई ५१ लाख भारू इनाम दिने घोषणा गरेको छ। सभाका जिल्ला अध्यक्ष मुकेश सिहंले भन्सालीको टाउको काटेर ल्याउनेलाई चाँदीको थालमा सजायर सो रकम दिने घोषणा गरे।

‘भन्सालीले इतिहासको तोडमोड गरेर राजपुतलाई तल देखाउने काम गरेको छ। रानी पद्मावतीको चरित्र हत्या गरेको छ। यसै कारणले राजपुत समाजले उसले गरेको गल्तीको सजाय दिएरै छोड्नेछ’, सिहंले भने।

यससँगै जनपदमा रहेका सिनेमाहलले सो फिल्म प्रदर्शन नगर्ने निर्णु गर्दै आफ्नो सिनेमागरको बाहिर ‘यहाँ पद्मावत प्रदर्शन गरिएको छेन र भविष्यमा पनि गर्ने छैन’ भनेर सुचना टाँस गरेका छन्।

एजेन्सी