काठमाडौं/ धरानमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ देउरालीका ४१ वर्षीय धर्म लिम्बु छन् । आफ्नै श्रीमती ३५ वर्षीया अरुणालाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार उनी पक्राउ परेका हुन् ।

[caption id="attachment_35215" align="aligncenter" width="550"] फायलफाेटाे[/caption]

धर्मले कुटपिट गर्दा गम्भीर घाइते भएकी अरुणालाई लाइफगार्ड अस्पताल विराटनगर लगिएकाे भए पनि उपचारका क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।