सैफ अली खान स्टारर फिल्म ‘कालाकान्डी’ सार्वजनिक भएको छ । यस फिल्ममा अभिनेत्री नेरी सिंहको महत्वपूर्ण भूमिका छ । पत्याउन गाह्रो पर्छ, नेरी कुनैबेला केटा थिए । उनले केटाकै रुपमा जन्म लिएको हो । नाम, नरेन्द्र सिंह । उनी कसरी केटी बनिन् ? कसरी यत्ति राम्री बनिन् ? नेरी डान्सर थिए । उनलाई नृत्यको अति सौखि थियो । कहिले काहीँ उनी केटीको लुगामा नृत्य गर्थे । यस्तो गर्दा उनमा अचम्मको आत्माविश्वास पलाउँथ्यो । केटी नै हुन पाए ? उनी सोच्थिन् । फराह खानले टेलिभिजन शो ‘इन्टरटेनमेन्ट के लिए कुछ भी करेगा’ मा उनलाई केटीकै रुपमा नृत्य गर्न भनिन् । तर, उनले मानेनन् । फराह खानले नेरीलाई कन्भेन्स गरिन् । उक्त टेलिभिजन शोमा उनको प्रस्तृती एकदमै हिट भयो । त्यसपछि नै हो, नेरीले केटी बन्ने निर्णय लिएको । उनी केटी बनेर नृत्य गरेपछि अन्य टेलिभिजन शोबाट पनि प्रशस्तै अफर आए । उनले अरु थुप्रै टेलिभिजन शोमा नृत्य गरे ।