एजेन्सी/ बलिउडका बीग बि अर्थात अमिताभ बच्चन र अहिलेकी चर्चित नायिका कंगना रनौत एक साथ फिल्ममा देखिने भएका छन् । गत साता नायिका कंगनाले आर। बाल्कीको नयाँ फिल्ममा काम गर्ने निश्चित गरिसकेकी छिन् । निर्देश्क बाल्कीको फिल्ममा कंगना रनौतका साथ अमिताभ बच्चन मुख्य भूमिका निभाउने भएका छन् ।

निर्देशक आर। बाल्कीको उक्त फिल्म अरुणिमा सिन्हाको बायोपिक हुने बताँइएको छ । जसका लागि कंगना रनौतको नाम फाइनल भइसकेको छ । यद्यपी फिल्मको छायांकन कहिलेबाट सुरु गरिने भन्ने बारेमा केही खुलाइएको छैन् ।

निर्देशक बाल्कीले यो फिल्मको प्री–प्रोडक्शन ‘प्याडम्यान’ फिल्मको रिलीज भएपछि सुरु गरिने अनुमान गरिएको छ । कंगना अहिले आप्mनो फिल्म ‘मणिकर्णिका’ लाई रिलीज गर्ने तयारीमा छिन् । यस्तै अमिताभ बच्चन ‘ठग्स अफ हिन्दोस्तान’ र ‘१०२ नट आउट’ नामक फिल्ममा व्यस्त छन् ।