मुम्बई/अभिनेत्री प्रियंका चोपडाले हलिउड टेलिश्रृंखला ‘क्वान्टिको’मा एफबीआई एजेन्ट एलेक्स पेरिशको भुमिकामा देखिने भएकी छन्।
तेस्रो सिजनको शो २६ अप्रिलबाट सुरु हुँदैछ। प्रियंकाले फेरि टेलिश्रृंखलामा तेस्रो सिजनको शोबाट कमब्याक गर्न लागेकी हुन्। ३५ वर्षीय प्रियंकाले ट्वीटरमार्फत आफू एबीसी सिरिजको ‘क्वान्टिको’ शोमा कमब्याक भएको घोषणा गरेकी छन्।
उनले एक्सन नाटकमा आफ्नो फस्र्ट लुकको तस्वीर समेत सार्वजनिक गरेकी छन्।
































