काठमाडौं/बलिउडको विवादास्पद फिल्म पद्मावत २५ जनवरी अर्थात् माघ ११ गते रिलिज हुँदैछ । तर निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्ममा तीन सयवटा कट्स गरिएपछि मात्र रिलिज गर्न लागिएको हो । भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, फिल्ममा दिल्ली, चित्तौड र मेवाड जस्ता नामहरूको उल्लेख हटाइनेछ ।

सिनेमाहलहरूमा दर्शकले जुन फिल्म हेर्नेछन्, त्यो पूरै काल्पनिक कथाजजस्तो हुनेछ । ठाउँहरूको नाम हटाइएपछि दर्शकले यो ऐतिहासिक घटना कहाँ भएको हो थाहै पाउनेछैनन् । दर्शकलाई अलाउद्दीन खिलजी कहाँबाट आएको र कहाँ गएर उसले राजपूतहरूसँग युद्ध गरेको थाहा नहुने बताइएको छ । सेन्सर बोर्डले दिएको सुझावबमोजिम फिल्मको पुनःसम्पादनको काम भइरहेको छ । फिल्ममा उल्लेख भएका सबै लोकेसनको काल्पनिक नाम दिइनेछ । फिल्म राजस्थानमा चाहिँ रिलिज गरिनेछैन । एजेन्सी