धरान/धरानमा लिम्बू मिथकको ईङघङ (सन्देश) नाटक मञ्चन हुने भएको छ । यो नाटक आगामी माघ ९ गतेदेखि लगातार ६ दिन धरान–८ सभागृहमा मञ्चन हुने भएको हो । रंगभूमि एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा अशिक्षाले निम्त्याउने छुवाछुत, अन्धविश्वासलाई देखाउने प्रयास गरिएको लेखक तथा निर्देशक कलाकार विष्णु मोक्तानले बताए । ‘अशिक्षाका कारण भित्री रुपमा अझै छुवाछुत र अन्धविश्वास हट्न सकेको छैन् ।’ उनले भने, ‘त्यसलाई हटाउने उद्देश्य हो ।’ नाटकले आगन्तुक पश्चिमा संस्कृतिले मौलिक संस्कृतिलाई हस्तक्षेप गरेको विषयमा पनि उठान गरेको उनले बताए । एकघण्टा ४५ मिनेट लामो नाटकमा लेखक निर्देशक मोक्तानका अलवा कलाकार दीपेन्द्रसिंह दर्नाल, प्रेशिका निरौला, तुलसा थापा, संकर थापा, केबि लिम्बु, हरि इवाहाङ, कुमारी राई, उदीप लिम्बु, निश्चल कुलुङ, सोनाम मगर, मिलन चाम्लिङलाई देख्न सकिने छ । विनायक राईको संगीत रहेको नाटक माघ १६ गतेसम्म मञ्चन हुन लागेको हो । स्कुल, कलेजका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । शिक्षामार्फत् मात्रै अन्धविश्वास र कुरीति हटाउन सकिने मो क्तानले बताए । एकेडेमीले यस अघि तीनदिनसम्म ‘अव टाउको कहिले हल्लिन्छ’ नामक नाटक मञ्चन गरेको थियो भने सडक नाटक र कचहरी नाटक करिव ८ पटक मञ्चन गरिसकेको छ ।