चेतन धमलाद्धारा लिखित पुस्तक पौरख विमोचन भएको छ । काठमाण्डौको इन्द्रेणी फुडल्याण्डमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विमोचन गरे । पत्रकार चेतन धमालको पुस्तकमा पौरखीको कथा समेटिएको छ ।
पुस्तक विमोचन गर्दै अर्थमन्त्री कार्कीले स्थापित व्यवासायीको पर्दा पछाडीको कुरा जो कोहि व्यक्तिका लागि प्रेरणा मिल्नेखालको बताए । उनले जस्तोसुकै अभाव र पीडामा पनि निरन्तर कर्म गर्ने व्यक्ति नै सफलताको शिखरमा पुुग्ने बताए । ‘ पुस्तकमा समावेश सबैका स्टोरीले मुलुकभित्रै केहि गर्ने प्रेरणा मिल्छ’, उनले भने, ‘गरिरहेका र गर्न खोज्ने युवाका लागि यो एउटा क्याप्सुल हो ।’
किताबबारे आफ्ना कुरा राख्दै डा. नवराज लम्सालले कर्मजीविको कथाले निराशामा रहेका युवालाइ उर्जा प्रदान गर्ने बताए । उनले पुस्तकमा कुनै काल्पनिक कथा नभए, समाजकै जिवित पात्रहरुको सँघर्षको कथा उल्लेख गरिएको हुँदा पुस्तक जीवन्त रहेको बताए । त्यस्तै पुर्व मुख्य सचिव विमल कोइरालाले सँघर्षले खारिएका जीवन अरुका लागि उदाहरणका पात्र बन्न सक्ने बताए ।
पुस्तकमा समेटिएका व्यक्तिहरु मध्ये अनिल विश्वकर्मा गजमेर, सुसिल पोख्रेल, भोला दुलाल र डा रमेश भट्टराइले बोलेका थिए । १० विधाका स–सानो पुँजीबाट स्थापित बनेका व्यवासायी, समाजवेसीलगाएत २३ जनाका सँघर्षका कुरा पुस्तकमा समेटिएको छ ।