काठमाडौं/ ‘द कपिल शर्मा शो’ जस्तै सलमान खानको रियलिटी शो ‘बिग बोस’ पनि बलिउड सिनेमाहरु प्रमोट गर्ने प्लेटफर्म बनेको छ । शाहरुख खानदेखि अक्षय कुमार जस्ता स्टारहरु आफ्नो फिल्म प्रमोशन गर्नका लागि सलमान खानको शो मा आइसकेका छन् ।

[caption id="attachment_67814" align="aligncenter" width="960"] फायलफाेटाे[/caption]

यसैबीच रानी मुखर्जी पनि आफ्नो फिल्म ‘हिचकी’ को प्रमोशन गर्न ‘बिग बोस सीजन ११’ मा पुग्दै छिन् । यसै शो मा सलमान खान र रानी मुखर्जी फेरी एक साथ देखिन लागेका हुन् ।

बलिउड सिनेमा ‘चोरी चोरी चुपके चुपके’ र ‘हेल्लो ब्रदर’ जस्ता फिल्ममा यो जोडीले एक साथ काम गरेको थियो । सलमान र रानीबीच गहिरो मित्रतासमेत रहेको छ । ‘हिचकी’ को ट्रेलरमा रानी मुखर्जीको अभिनय दर्शकले मन पराइसकेका छन् । रानीको यो फिल्म २३ फेब्रुअरीमा दर्शक सामु आउने भएको छ ।