धरान/स्वरसम्राट नारायण गोपालको स्मृतिमा धरानमा नारायण गोपाल स्मृति साँझ बुधबार राति धरानमा गरिएको छ । धरानको ब्रिटिस सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा आयोजक निषाद संगीत धरानका कलाकाहरुले नारायण गोपालका गीतहरु प्रस्तुत गरेका थिए । नारायण गोपालको आँखा छोपी नरोउ भनी, गल्ती हजार हुन्छ, तिमीले भनेका, तिम्रो जस्तो मुटु मेरो पनिलगायतका १७ वटा गीत प्रस्तुत गरेको निषाद संगीतका अध्यक्ष विनय प्रधानले जानकारी दिए । स्रष्टाको सम्झनालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कलाकार कृष्णराजा श्रेष्ठ, दीपक दर्नाल, मेरी शाक्य, भिषण अधिकारी, महेश मोहरा, नविन राई, कुमार कालिकोटे, जुनु खनाललगायत रहेका थिए । कार्यक्रममा अतिथि कलाकारको रुपमा बलराम समाल रहेका थिए । कार्यक्रमको उद्घाटन प्रदेश सांसद प्रदीप भण्डारीले गरेका थिए । हरेक वर्ष स्वरसम्राट नारायण गोपालको स्मृतिमा धरानमा साँझ हुने गरेको छ । चुनावका कारण यसपटक ढिला गरी भएको हो । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मूख्य प्रायोजनमा कार्यक्रम भएको हो ।