अहिले सामाजिक संजामा इरानी मोडल महलाघा जबेरीको तस्विर चर्चामा छ । २८ बर्षकी उनी सुन्दर छिन् की केही फलोअर्स उनलाई ऐश्वर्या रायसँग तुलना गर्छन ।

उनीहरुको अनुहार समेत उस्तै छ । महलाघाको जन्म १६ जुन १९८९ मा ईरानको शहर इस्फहानमा भएको हो । आफुलाई फिट राख्नका लागि उनले योग गर्ने गर्छिन् ।

उनले एक अन्तवार्तमा भनेकी छन्,‘योगले मलाई फिट राख्ने मात्रै होइन, मनमा शान्ति समेत दिएको छ ।’ उनका इन्टाग्राममा २.३ मिलियन फलोअर्स छन् ।

उनी मोडलिङ करियरका कारण अमेरिकामा बस्छिन् । ५ फिट ८ इन्चकी उनी अहिले फेसन डिजाइनरको रोजाइमा पर्छिन् । एजेन्सी