फिल्म ‘दर्पण छायाँ २’की निर्मात्री तथा गीतकार साबु गदाल कार्की अमेरिकास्थित कोलोराडो राज्यका लागी पर्यटन दूतमा नियूक्त भएकी छिन् ।
नेपाली पर्यटन क्षेत्रको प्रचारप्रसारका लागी नेपाल पर्यटन बोर्डले कार्कीलाई पर्यटन दूतका रुपमा दुई वर्षका लागि नियुक्त गरेका हो ।
दूत नियुक्त भएसँगै बधाई तथा शुभकामना पाइरहेकी साबुले आफ्नो दुई वर्षे कार्यकालमा नेपाली पर्यटन र संस्कृतिको कोलोराडोमा सक्दो प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने बताइन् ।
एक दशकदेखि कोलोराडो बस्दै आएकी साबुले गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ २’ निर्माण गरेकी थिइन् ।