बलिउड स्टार सलमान खानको नयाँ सिनेमा  ‘भारत’ हुनेभएको छ । अली अब्बास जफरको निर्देशनमा बन्न लागेको सिनेमालाई अतुल अग्निहोत्री र भूषण कुमारले निर्माण गर्ने छन् । अहिलेसम्म यस सिनेमामा सलमानको अपोजिटका लागि कुनै पनि नायिकाको नाम बाहिर आएको छैन ।

तर, भारतीय मिडियाका अनुसार, यस सिनेमामा बलिउड अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा हुन सक्छिन् । सिनेमामा अली अब्बास अहिलेसम्म सलमानसँग पर्दामा रोमान्स नगरेको नायिका लिन चाहिरहेका छन् । प्राप्त खबरअनुसार,सिनेमाका लागि निर्माण टीमको पहिलो रोजाईमा दीपिका परेकी छिन् ।

योभन्दा अगाडि पनि दीपिकालाई सलमानको केही सिनेमामा अप्रोज गरिएको थियो । तर, लगातार सिनेमामा व्यस्त भएका कारण दीपिकाले सलमानसँग काम गर्न पाएकी थिइनन् ।