मोरङ । मोरङको बेलबारीमा आइतबार राती स्कुटर र मोटरसाइकल एक अर्कासंग ठोक्किंदा पाँच जना घाइते भएका छन् । राती करिब २०१५ बजे बेलबारी नगरपालिका ३ लोहान्द्रा पुलस्थित पूर्व पश्चिम राजमार्गमा को १८ प ९५७३ नम्बरको स्कुटर र बा २४ प ४२४ नम्बरको मोटरसाइकल एक अर्कासंग ठोक्किएको थियो ।

दुर्घटनाम स्कुटरमा सवार रहेका मोरङ सुन्दर-हरैचा नगरपालिका १० बस्ने बर्ष २७ को जेशन राई, उनका बुबा बर्ष ५३ को डिक बहादुर राई, आमा बर्ष ४९ की जुली राई तथा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका ११ बस् वर्ष २२ को रमेश रसाईली, पछाडी सवार वर्ष २४ को अर्जुन तामाङ घाइते भएका छन।

घाइतेहरुको नोबेल अस्पताल र न्युरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ। यता मोरङकै विराटनगर नगरपालिका २ तिनपैनीमा राती १० बजेतिर को २४ प ४११० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक विराटनगर ५ जामुनगाछी बस्ने वर्ष २७ को सुरज खत्री घाइते भएका छन। खत्रीलाई उपचारकालागि कोशी अंचल अस्पताल विराटनगर लगिएको छ।