मोरङ । इलाका प्रहरी कार्यालय रानीले आईतबार बिभिन्न किसीमका जनावरको हड्डी बरामद गरेको छ।अपरान्ह ४ बजेको समयमा नेपालबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरमा चेकजाँच गर्ने क्रममा बिभिन्न किसिमका जनावरका ८० बोरा हड्डी बरामद गरेको हो। बिराटनगर महानगरपालिका १७ बाट को २ त ७९२ नम्बरको ट्याक्टरकामा भारततर्फ लैजाँदै गरेको अबस्थामा चालक झापा भद्रपुर नगरपालिका ९ बस्ने देवु किस्कुलाई समेत नियन्त्रणमा लिईएको छ। हड्डीसहित ट्याक्टर र चालकलाई थप अनुसन्धानकोलागी आजै पशु क्वाराईन्टाईन कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय रानीने जनाएको छ।