पानवारी । पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिले धरान १३ र १४ को संयुक्त निरिक्षण टोलीलाई कार्वाहिको माग गरेको छ ।
पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिले निरिक्षण टोलीलाई तथाकथित समिति भन्दै ‘नागरिकको दैनिक जीवनको अति आवश्यक खानेपानी पिउने नैसर्गिक अधिकार हेपाहा प्रवृत्ति देखाएर कुण्ठित पार्न खोजेको’ भन्दै कारवाहीको माग गरी धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बालाई ज्ञापन पत्र बुझाएको हो ।
शनिबार खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिको अगुवाइमा धरान–१३ र १४ को संयुक्त टोली जोरधारे मुहान निरिक्षण तथा धरान–४ को खानेपानीको अवस्था बुझ्न गएको थियो । समितिले धरान ४ का स्थानियले वर्षाैदेखि जोरधारे मुहान क्षेत्रको संरक्षण साथै खर्दुको मुहान जोरधारे मात्र नभइ चिउरीबास खोला र ठुलो लुम्भुवा समेत खर्दुको मुहान भएको बताएको छ ।
यस विषयमा विस्तृत रुपमा अध्ययन गर्न विज्ञ टोलीको गठन भइ काम सुरु गरिसकेकोले टोलीको रायको आधारमा निर्णय गर्ने नगरप्रमुख तारा सुब्बाले बताएका छन् ।