पानवारीमा श्रृष्खलाबद्ध चोरी
पानवारी । धरान– ६ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुलको ढोका फोडेर चोरी भएको छ ।
आइतबार राती स्कुलको मूल गेटको ताला र विद्यालयको कार्यालयको ताला फोडेर चोरी हुँदा स्कुलमा भएको एकथान ल्यापट, ३२ इन्चको टेलिभिजन र क्यान्टीको खाद्य सामाग्री चोरी भएको छ । स्कुल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुवेदीका अनुसार स्कुलमा करिब १ लाख बराबरको चोरी भएको छ ।
पानवारीमा श्रृङ्खलाबद्ध रुपमा चोरी भइरहदा समेत प्रहरी भने सुस्त देखिएकाे छ । यस अघि सरस्वती माविको सिसिटीभिमा चोरी गरेको स्पष्ट भिडियो हुदा समेत चोर पत्ता लगाउन सकेन ।