पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाता भित्रबाट औषध सहित दुई युवा पक्राउ परेका छन् । धरान १९ बस्ने मिलन राई र अमित लिम्बूलाई प्रतिष्ठानको छात्राबास क्षेत्रबाट केटिएम सेक्युरिटीले पक्राउ गरी थप कार्बाहीको लागी इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको थियो । उनीहरुको साथबाट १५ सय रुपैया नगद सहित एभिल, डाइजोलाप र लुपिजैसिकको २२ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । डिएसपि पौडेलका अनुसार उनीहरु पटक पटक लागुऔषध सहित पक्राउ परेका हुन् । घटनाको प्रकृति र उनीहरुबाट बरामद भएको लागुऔषध हेर्दा पक्राउ परेकाहरु प्रतिष्ठान भित्र लागुऔषध सप्लायर्स भएको अनुमान प्रहरीले गरेको छ भने थप अनुसन्धनका लागी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।