[caption id="attachment_62964" align="aligncenter" width="900"] फाइल फाेटाे[/caption]

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रशार गर्ने उद्धेश्यले ताप्लेजुङमा यो वर्ष पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथुन प्रतियोगिता हुने भएको छ ।

आउँदो फागुन १ गते देखि ३ सम्म विभिन्न कार्यक्रम सहित महोत्सव र पाथीभरा म्याराथन हुन लागेको हो । यस अघिका केहि वर्ष आयोजना गरी स्थगित भएको ३ बर्ष पछि यस वर्ष पुन महोत्सवको तयारी गरीएको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिको आयोजनामा आइतवार भएको सर्वपक्षिय छलफलले फागुन १–३ का पाथीभरा पर्यटन महोत्सव तथा पाथीभरा म्याराथन गर्ने गरी ५ सय १ सय सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिको संयोजकत्वमा पाथीभरा म्याराथन तथा पाथीभरा पर्यटन महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्म रहने छन् ।

२०६५ सालमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समिति, मूख्य प्रायोजक पर्यटन व्यवसायी तथा हिमालयन गाईड्स ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि ठमेल काठमाडौका महाप्रवन्धक इश्वरी पौडेल र तत्कालिन इन्द्रदल गुल्म बिच प्रत्येक बर्ष पाथीभरा म्याराथन तथा पाथीभरा पर्यटन महोत्सव आयोजना गर्ने गरी भएको त्रि–पक्षिय समझदारी अनुसार यहाँ स्थित नेपाली सेना सह–आयोजक रहने भएको हो ।

सो समझदारी अनुसार संरक्षण तथा सम्र्बद्धन समिति मूल आयोजक हुने छ भने यहाँ स्थित नेपाली सेनाको गुल्म÷गण सह–आयोजक रहने छ । पाथीभरा क्षेत्रको विकासका लागि क्रियाशिल सरकारी समिति पाथीभरा क्षेत्र विकास समितिलाइ दुबै संस्थाले सह–आयोजकको रुपमा यसपहिले देखि नै जिम्मेवारी दिदै आएकोमा यसबर्षपनि समितिसँग सहकार्य गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीले जानकारी दिनुभयो ।

मूल आयोजक समितिले प्रस्तावित कार्यक्रमका खाँका पनि सार्वजनिक गरेको छ । जस अनुसार माघ २७ गते पाथीभरा धाम र पदमार्गको सफाई गरिने छ भने २८ गते फुङलिङ नगरपालिका, किराँतेश्वर र नागेश्वर सहित फुङलिङ बजार भित्रका धाम सफाइ गरिने छ ।

२९ गते फुङलिङ बजारबाट नजिक रहेको पर्यटकिय क्षेत्रको रुपमा विकासउन्मुख चण्डेश्वर धाम सफाइको कार्यक्रम राखिएको छ । माघ २८ देखि फागुन १ गते सम्म ३ हजार ७ सय ९४ मिटरको पाथीभरा मन्दिरमा सन्ध्याकालिन दीप प्रज्वलन तथा भजन किर्तनको कार्यक्रम राखिएको छ ।

महोत्सवको सुरुदिन फागुन देखि ३ गते तीनैदिन पाथीभरा धाम, किराँतेश्वर धाम,नागेश्वर धाम र चण्डेश्वर धाममा बिभिन्न भजन मण्डलीको सहभागितामा सन्ध्याकालिन दीप प्रज्वलन तथा भजन किर्तन आयोजना गरिएको छ । पाथीभराको महिमा बढाउन कार्यक्रम राखिएकोले अधिकाँस कार्यक्रम धार्मिक रहेको मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवको पहिलो दिन फागुन १ गते तोमेडाँडाबाट बिभिन्न साँस्कृति समूह तथा व्यक्तिको सहभागितामा सिद्धिडाँडामा रहेको चण्डेश्वर धाम सक्क कलश यात्राको कार्यक्रम राखिएको छ ।

सोहिदिन बिहान ११ बजेपछि मूल कार्यक्रम स्थल नयाँ रणभीम गुल्मको खेलमैदानमा कृषि मेला प्रदर्शनी, औधोगिक तथा हस्तकला तथा सील्पकला प्रर्दशनी,खाद्य परिकार महोत्सव,साँस्ककृति कार्यक्रम र सुकेटार देखि तोक्मेडाँडा व्यारेक सम्म प्याराग्लाइडिङ्को कार्यक्रम राखिने भएको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा लोक तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको छ । मौलिक परम्पराको धान नाच तथा च्याब्रुङ नाच सहित बिभिन्न जाति जनजातिको जातिय संस्कृति झल्कले लोक सांगितिक कार्यक्रमको समेत आयोजना गर्न प्रस्ताव गरिएको छ ।

स्थानीय तह बिचको मैत्रीपूर्ण भलिबल आयोजना गर्ने प्रस्ताव पनि उठेको छ । फागुन ३ गते बिहान ७ः३० बजे खुल्ला म्याराथन तथा ८ बजे महिला हाफ म्याराथन कार्यक्रम आयोजना हुने छ भने यो पूरा भएपछि समापन तथा पुरस्कार बितरण कार्यक्रम संगै सामुहिक साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

सोहि दिन प्याराग्लाइडर तथा हेलिकप्टरबाट पुष्पबृष्टि हुने कार्यक्रम समेत रहेको छ । खुल्ला म्याराथन तोक्मेडाँडाबाट पाथीभरा मन्दिर पुगेर पुन तोक्मेडाँडा सम्म फर्कने दुरीमा हुने छ भने महिला हाफ म्याराथन तोक्मेडाँडाबाट पाथीभरा प्रबेश भालुगौंंडे पुगेर पुन तोक्मेडाँडा फर्कने गरीको हुने भएको छ । बिजेताले पाउने पुरस्कारका बारे सोमवार सम्ममा निर्णयमा पुग्ने बताइएको छ ।