धरान/ इटहरीको जाडोलाई तताउन इटहरीको ठुलो जनता स्कुलको मैदानमा लामो समयपछि अंग्रेजी नयाँ बर्षलाई स्वागत तथा २०१७ लाइ बिदाई गर्न मेगास्टार राजेशपायल राई नेपालआइस बियरको मुख्य प्रायोजनमा आज अर्थात डिसेम्बर ३१ मा हुने नेपालआइस न्यु यर इभ कन्सर्टमा आफ्नो प्रस्तुति दिन आउदैछन् ।
डिसेम्बर ३०को फिदिम को कन्सर्ट सकेर २०१७ को अन्तिम रात राई इज किंग राजेशपायल राईले आफ्ना दर्जनौ चर्चित गीत हरु गाएर इटहरीको जाडोलाई तताउने छन् ।
इटहरीमा धेरै समय पश्चात भएको भब्य कन्सर्टको लागि मेगा स्टार राजेशपायल राई संगै पुर्वमा अहिले निक्कै चर्चित गायक डिल्ली फोम्बो , गायक बबिन लिम्बु , गायिका अन्जु गौतम र कभर गायनमा चर्चामा आएका गायक पल लिम्बुको प्रस्तुति रहनेछ ।
कन्सर्टलाई भंब्य र सभ्य बनाउन इटहरीको जनता मैदानमा नया प्रविधिको आकर्षक साउण्ड,स्टेज तथा लाइट सिस्टमको व्यवस्था गरिएको संयोजक भुतपुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामांगले बताए ।
अग्रिम टिकट १०० रहेको नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८को गेट टिकट भने २०० राखिएको छ ।