काठमाडौं/ बलिउड अभिनेता सलमान खान ‘दबंग नेपाल टुर’ लिएर नेपाल आउँदै छन् । साथमा उनले आफ्नो प्रदर्शनरत फिल्म ‘टाइगर जिन्दा है’ की लिड अभिनेत्री क्याट्रिना कैफलाई पनि लिएर आउने भएका छन् ।

[caption id="attachment_66838" align="aligncenter" width="759"] फायलफाेटाे[/caption]

भारतिय मिडियामा उल्लेख भए अनुसार सलमानको ‘दबंग नेपाल टुर’ मा अभिनेत्री कैफ पनि सहभागी हुने छन् । सलमानको त्यस दबांग टुरमा सलमान र कैटरिनासँगै प्रभुदेवा, डेजी शाह, ज्याक्लिन फर्नाण्डेज, सोनाक्षी सिन्हा लगायतले सहभागिता जनाउनेछन् ।

फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग टुरमा कैटरिनाको डिमाण्ड आएको हो । सलमानको टिमले मार्च १० तारिखका दिन टुंडिखेलमा प्रस्तुती दिदैंछन् ।