नयाँ दिल्ली/बलिउड अभिनेत्री सोनम कपुरले भारतीय एक व्यापारी सँग विवाह गर्ने भएकी छिन्।

अभिनेता अनिल कपुरकी सुपुत्री एवं फेमस फेशन डिजाईनर समेत रहेकी अभिनेत्री सोनम कपुरले सन् २०१८ मा व्यापारी आहुजासँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाह जोधपुरमा गरिने समेत तय गरिएको छ।

तिन वर्ष अघिदेखी प्रेममा रहेका उनीहरुको इन्गेजमेन्ट भइसकेको भन्ने हल्ला आएको थियो यससँगैै हालै बेलायतमा दुई जनाले सँगै खिचेको फोटो सामाजिक सञ्जालमा शेयर गरेसँगै झन चर्चाको विषय बनेको छ ।