धरान/आरम्भ नाट्य डबलीले पौषको अन्तिम साता स्थापना दिवश मनाउने भएको छ ।

डबलीले यसबीचमा गरेका कार्यक्रमहरुको पनि समिक्षा गरेको छ । पौष २५ गते स्थापना दिवस मनाउने निर्णय गरेको अध्यक्ष गोपाल देवानले बताए । आरम्भ २०७३ बैसाख २९ गते पुनरागमन भएको थियो । पुनरागमनसँगै आरम्भले पौष २५ गते रङ्गघरसमेतको शिलान्यास गरेको थियो । रङ्गघर शिलान्यासलाई नै स्थापना दिवश मान्ने अध्यक्ष देवानले बताए ।
रङ्गघरको संगीत तथा नाट्य एकेडेमीका कुलपति प्रसिद्ध नाटककार सरुभक्तले शिलान्यास गरेका थिए । आरम्भ २०४५ सालमा पनि पौष महिना मै स्थापना भएको थियो । स्थापना दिवशको अवसरमा रङ्ग पत्रकारिता पुरस्कार, नाटक पाञ्चिते मामा मञ्चन गरिने तयारी गरेको छ । आरम्भले तिहारमा रङ्गमञ्चीय देउसी खेल्दै रङ्ग घर निर्माणको लागि रकम संकलन गरेकाे थियाे ।
समीक्षाका क्रममा सचिव प्रवीण राईले करिव डेढवर्षको अवधिमा तीनवटा अभिनय प्रशिक्षण, ६ वटा नाट्य प्रस्तुती, विश्व रङ्गमञ्च दिवश, धरानमा रङ्गमञ्चीय समस्या र समाधान सम्बन्धी गोष्ठी भएको बताए ।
त्यस्तै स्थानीय तहमा निर्वाचित मेयर तारा सुब्बालाई सम्मान सहित रङ्गमञ्चको विकासको लागि ज्ञापन पत्र, मोरङको रतुवामाईमा शाखा गठन गरेको उनले बताए । समीक्षाका क्रममा अाेशाे अाश्रम धरानमा रंगमञ्चीय देउसीका सांस्कृतिक पक्षहरु प्रस्तुत गरिनुका साथै रङ्ग मञ्च समबन्धी विभिन्न खेलहरु खेलाइएको थियो ।