धरान/धरानलाई प्रदेशको राजधानी बनाउने अभियानलाई धरान रन समूले पनि ऐक्यवद्धता जनाएको छ । धरान रनले ‘प्रदेश १ को राजधानी धरानलाई बनाउने अभियान’ लाई ऐक्यवद्धता जनाउँदै शनिबार ३४६ औं हप्ताको धरान रन पूरा गरेको छ । प्रत्येक शनिबार यलम्बर पार्कदेखि ३ दशमलव ५ किलोमिटर धरान रन गराउने गरेको छ । जस क्रममा ४०८ धावकधाविकाहरुले धरानलाई राजधानी बनाउन माग गर्दै रन पूरा गरेको अध्यक्ष रमू राईले बताए । त्यस क्रममा धरानलाई प्रदेशको राजधानी बनाउ भन्दै बनेको स्वतन्त्र समितिका पदाधिकारीहरुसमेत सहभागी बनेका थिए । समितिका संयोजक आइन्द्रबिक्रम बेघा, सचिव श्याम पोखरेललगायतको उपस्थितिमा धरान रन गरिएको थियो । ‘धरानबासीको चाहाना, प्रदेश १ को राजधानी धरान’ भन्ने नाराका साथ दौड गरिएको थियो ।