अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ११ डिसेम्बरमा इटालीमा विवाह गरेका थिए ।

जुन विवाह विराट र अनुष्काको परिवार र एकदमै निकट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । विवाहपछि भने दुवै जनाले आफ्नो सामाजिक सञ्जालमार्फत विवाहको फोटो सार्वजनिक गरेका थिए ।

त्यस पछाडि विवाहको फोटो र भिडियो सञ्चार माध्यमलाई दिइएको थियो । विराट कोहली र अनुष्का शर्माले २१ डिसेम्बरमा दिल्लीको ताज होटलको दरबार हलमा रिसेप्सन दिएका छन् । विराटको घर दिल्लीमा भएकाले रिसेप्सनमा उनका नातेदार, साथीहरुलाई आमन्त्रण गरिएको थियो ।

रिसेप्सनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका थिए । प्रधानमन्त्री मोदीले विराट र अनुष्कालाई रातो गुलाबको फूलसँगै बधाई तथा शुभकामना दिए ।

रिसेप्सनको एक दिन अगाडि २० डिसेम्बरका दिन विराट र अनुष्का दुबै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिन गएका थिए ।

डिसेम्बर २६ मा बलिउड तथा क्रिकेट जगतका साथीका लागि २६ डिसेम्बरमा मुम्बईमा रिसेप्सन हुनेछ ।

एजेन्सी