विराटनगर  । बिहीबार  साझ विराटनगरको व्यस्त व्यापरिक केन्द्र बुधहाट चोकमा छुट्टै सांगीतिक वातावरण छायो । खुकुरी रमको प्रचार प्रसाद गर्दै आयोजना गरीएको रोड शो कार्यक्रममा चर्चित कलाकारहरुको साथमा छुट्टै सांगीतिक महोल छायो । गायक सुगम पोखरेल, संजीव सिंह र विजयी घिमिरको प्रस्तुतीले प्रर्याप्त मनोरञ्जन प्रदान ग¥यो । गायक पोखरेलले ‘मारो झिल्केले... बोलको गीतबाट आफ्नो प्रस्तुती प्राराम्भ गरेको उनले  ‘म यस्तो गीत गाउछु....,  ‘मेरो एउटा साथी छ ... बोलको गीत गाएर युवाहरुलाई नचाए । उनले आधा दर्जन गीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन दिए । गायक पोखरेलको प्रस्तुती पछि स्टेजमा आएका गायक संजीवले पनि आफ्नो चर्चीत गीत गाएर मनोरञ्ज दिलाए । भेक एण्ड इभेन्ट म्यानिजमेन्टको आयोजनामा सुरु भएको रोड सो सांगीतिक कार्यक्रम २३ सहरमा  प्रस्तुती रहने इभेन्ट म्यानिजमेन्ट बिजयी घिमिरेले जानकारी दिए । इलामबाट सुरु भएको रोड शो साँगीतिक कार्यक्रम पश्चिम हेटौडामा पुगेर समापन हुने इभेन्ट म्यानिजमेन्ट घिमरेले बताए । विराटनगरमा भएको साँगीतिक कार्यक्रममा स्थानिय मनिष तिम्सिनाले व्यवस्थापन मिलाइदिएका थिए ।