विराटनगर/कालो कोट, कालै पेन्ट अनि गोढासम्मको बुट लगाएर जब मन्चमा नायिका केकी अधिकारी देखापरिन सबैको ध्यान उनीतिर खिच्न सफल भइन् । स्टेजमा थिए एमाले नेता लालबावु पण्डित । पण्डितको सामुन्ने बसिन् र आयोजकले केकीलाई स्वागत गरे । [caption id="attachment_65385" align="alignnone" width="600"] क्याप्सन: लालवावुसँग नाच्दै केकी ।[/caption] आउ“दो पुस २१ गतेदेखी देशभरीको सिनेमाघरहरुमा प्रदेर्शनी हुने चलचित्र ‘राज्जा रानी’ चलचित्रको प्रचारप्रसारको लागि विराटनगर – ११ बखरी चौकमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए पण्डित । जब उदघोषकले केकीलाई चलचित्रको बारेमा मन्तब्य राखिन् । त्यसपछि स्टेजमा ‘राज्जा रानी’ चलचित्रको गीत घनकिन्छ केकी चाच्न थालिन् । उनलाई साथ दिन्छन् एमाले नेता पण्डिसहित सो चलचित्रका नायक नाजिर हुसेन । उक्त चलचित्रको ‘छिपक छिपक के राजा जी को तस्विर... बोलको गीत मोरङ ६ बाट निर्वाचित सांसद तथा सदाचारी नेताको छवि बनाएका पण्डितले कम्मर मर्काए । पुरा गीत नाचेर साथ दिएका पण्डितस“ग नायिका अधिकारीले अट्रोग्राफ समेत लिन भ्याइन् । ‘अरु बेला कार्यक्रममा फ्यानलाई अटोग्राफ दिएको थिए’, केकीले भनिन्, ‘आज सादा जीवन उच्च विचार भएको नेता जी स“ग अट्रोग्राफ लिने मौका पाएको छु“ । यो अट्रोग्राफ पछिसम्म राख्नेछु“ ।’ केकीले एक हजार रुपैया“ दिएको नोटमा पण्डितले अट्रोग्राफ दिएका थिए । सामाजिक कथावस्तुमा आधारित सो चलचित्रको निर्देशन याम थापाले गरेका छन् । प्रेमकथाले भरिपूर्ण रहेको उक्त चलचित्र तराई पृष्ठभूमिको कथा समावेश छ । नायिका अधिकारीले भनिन्, ‘तराइको दाइजो प्रथाको कथाबस्तु चलचित्रमा समावेश गरेका छौं । तराईमा दाइजो प्रथाले गर्दा महिला हिंसा बढेको छ । यसै फेरीफेरीमा रहेर सो चलचित्र बनेको हो ।’ १ करोड २५ लाख रुपैयाँ लागतमा निमार्ण भएको चलचित्रको नेपाली र मैथीली भाषामा बनेको छ । सो चलचित्रमा लगानी भने रमेश एनके पौडेलले गरेका छन् । उक्त चलचित्रको राज्जाको भूमिका जाकिर हुसेनले गरेका छन् भने रानीको भूमिका केकी अधिकारीको रहेको छ ।